Logo

बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी



Spread the love

१२ भाद्र, काठमाडाैँ । आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुवाएर हत्या गर्ने प्रयास गरेको खुलेको हो ।

कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक प्याकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको खुलेको छ । आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी फर्किएका पतञ्जली योगपीठ नेपाल ट्रष्टी इञ्जिनियर शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको बताए ।
हत्या प्रयासबाट जोगिएका आचार्य बालकृष्ण यही भदौं १८ गते नेपाल आउन लागेका छन् । नेपालमा पनि उनको स्वास्थ्यबारे चासो भएकाले नेपाल आउन लागेका हुन् ।  यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्