संस्मरण – तपाईँ ।
म विद्यार्थी हुँदा ताकाको कुरा हो । एक पाला काठमाडौँ देखी घर जानु पर्ने थियो । त्यसैले कलङ्कीबाट गाडी चढ्ने निर्णय गरे । तपाईँलाई थाहा होला, नहोला काठमाडौँ बसपार्कबाट बस चढ्ने र कलङ्कीबाट बस चढ्नेको भाडादारमा कम्तीमा चार सयको फरक पर्छ( यो हाम्रा तिर जाने गाडीको हकमा लागु हुन्छ , तपाईँको तिर जाने गाडी बारे म अनविज्ञ नै छु ।)
जानकारी नम्बर १. – तपाईँले म घर जाँदै थिए भन्ने कुरा थाहा पाइसक्नु भयो । र थप जानकारीको रूपमा यो कुरा पनि थाहा पाइराख्नुस् कि, कलङ्कीबाट गाडी चढ्दा तपाईँले सिटमा बस्न नपाइने सम्भावना पनि रहन्छ । तर मुढामा बस्न पाउने सम्भावना बाँकी रहन्छ । यदि त्यो नभए भुइँमा बस्न चाहिँ स्योर पाउनु हुन्छ । र भुइँमा बस्ने मान्छेलाई भुइँमा सुत्न पाउने छुट चाहिँ सिटमै बसेका मान्छे बराबर कै हुन्छ ।
सौभाग्य १. – त्यो बेला भाडा दर भन्दा पाँच सय कम तिरेर पनि मैले सिट पाए ।
जानकारी नम्बर २. – त्यो बेला हाम्रा तिर जाने गाडीको न्यूनतम भाडा दर बाह्र सय थियो ।
सौभाग्य नम्बर २. – मैले पाएको सिटको छेउमा । एउटि मेरै उमेर कि केटी थिइन । साह्रै राम्री रौतेली जस्ती, मृगका जस्ता आँखा, बाहुनीको जस्तो नाक, बाघको जस्तो कम्मर, हाँसको जस्तो हिँडाइ ( ए खासमा मैले ऊ हिँडेको चाहिँ देख्या थिएन यसै भनी दिएको )। पहिले पहिले यसरी नै तारिफ गर्थे नि है ? अनि उसका छाती नि गज्जबका थिए कुन उपमा दिएर भन्छन्, ठाक्कै अहिले बिर्से मैले ।
तपाईँलाई लागी रहेको होला म कति भाग्यमानी मान्छे रैछु ?
कि लागी रहेको छ? कस्तो निठल्ला पन भएको मान्छे होला भनेर ?
कृपया ममाथि धारणा बनाउनु पूर्व मेरा एक दुई कुरा सुनिदिनु होस् ।
कुरा -१
म कक्षा नौ’मा पढ्ने बेलाको कुरा हो । अहिले जसरी देशबाट बाहिरिनेलाई खादा माला लगाइन्छ नी, हो ठाक्कै त्यसरी हाम्रो स्कुलबाट बाहिरिनेलाई खादा माला लगाउने चलन थियो । यानिकी कक्षा दशका दाइ दिदीहरूलाई खादा माला र मासु भात खुवाएर र एउटा सम्झनाको चिनो दिएर टाटा बाइ बाइ गरिन्थ्यो । टाटा बाइ बाइ कक्षा नौ’को नेतृत्वमा हुन्थ्यो । यसो भनौ कक्षा नौ’ले कक्षा दशलाई बिदाइ गर्थ्यो ।
बिदाइको अघिल्लो रात केटाहरू स्कुलमै बस्नु पर्थ्यो ।
अघिल्लो रात कक्षा नौ भोलिको बिदाइको तयारीमा खटियो । काम बाँडफाँड भयो ।
भोलिको लागि पतङ्गा टाँस्ने एउटा ग्रुप ।
स्टेज तयार पार्ने एउटा ग्रुप ।
मायाको चिनो प्याक गर्ने एउटा ग्रुप ।
मायाको चिनोमा भूमिका र सायरी लेख्ने अर्को ग्रुप ।
माला उन्ने अर्को ग्रुप ।
आलु उसिन्ने र छिल्ने एउटा ग्रुप ।
हामी केही बोल्न नसकेर दाल, भात र तरकारी मिठो मानी मानी खान थाल्यौँ । तर अरू साथीहरू भन्दै थिए – “मासु क्या मीठो बनेको छ भनेर ।” मलाई आज पनि पछुतो छ, त्यो मीठो मासु खान पाइन भनेर ।
बेलुका स्कुलमै बस्नुपर्नेको लागि खाना त्यहीँ पाक्थ्यो । हाम्रो पालामा चाहिँ रातको खानाको लागी दाल, भात, तरकारी र मासु थियो ।
त्यसैले खाना बनाउने एउटा ग्रुप ।
अनि काम नगरी गाउन बस्ने एउटा ग्रुप ।
त्यो भन्दा माथि हुन्थ्यो – सबैलाई काम गर भनेर थर्काउने अर्को ग्रुप ।
तपाइलाई के लागिरहेको छ ? – म स्योर अन्तिम ग्रुप वाला हु भन्ने लागिरहेको होला है ?
हैन म पहिलो ग्रुपमा थिए, सत्य कसम म पहिलो ग्रुपमा थिए । तपाईँ पत्ताउनु हुन्न भने बड्कन चौधरीलाई सोध्न सक्नु हुन्छ । त्यो पहिलो ग्रुपमा म र बड्कन मात्रै थियो । म आज पनि भन्छु त्यो ग्रुपमा बस्नका लागि हामीलाई कसैले ललाइ फकाइ, जबर्जस्ति गरेको थिएन । म त्यो ग्रुपमा बस्नु आफ्नो स्वैच्छिक निर्णय थियो र बड्कनको पनि । उसको पनि कारण मेरो जस्तै थियो । अरूसँग बोल्नु पर्दैन । आफ्नो काम गरे भई’गो ।
खाना खाने बेलामा मासु हाल्ने जिम्मा अर्जुन भन्ने केटाले लियो । मेरो र बड्कनको थालमा मासु नहाल्ने काम पनि उसैको हो । एक चोक्टा पनि हालिदिएन। तपाईँ छोटकरीमा बुझ्नुस् उसले हामीलाई हेप्यो । हामी केही बोल्न नसकेर दाल, भात र तरकारी मिठो मानी मानी खान थाल्यौँ । तर अरू साथीहरू भन्दै थिए – “मासु क्या मीठो बनेको छ भनेर ।” मलाई आज पनि पछुतो छ, त्यो मीठो मासु खान पाइन भनेर ।
तपाईँलाई यति खेर मैले विद्रोह गरे हुन्थ्यो लागिरहेको होला । तपाईँ के-के लाग्छ लाग्छ ? अघि तपाईँलाई लागिरहेको थियो कस्तो बदमास , आवारा पाराको मान्छे । अहिले तपाईँलाई दया लागिरहेको होला । र अर्को कुरा दुइटा गलत कुरा हुँदा सही कहिल्यै हुँदैन । के विद्रोह राम्रो हो र, तपाईँ नै भन्नुस् त ?
कहाँ बड्कनले विद्रोह गर्नु । बिचरा थारुको छोरो । आजको दिनमा रेसम चौधरीको यो हालत छ भने ? बड्कनको के हुँदो हो, त्यो जमानामा ? खासमा बडकन अरूसँग नबोल्नुको कारण थियो उसको नाम -” बडकन ” । स्कुलमा सबैले उसलाई ‘बड्का बड्का’ भन्थे । थारु भाषामा बड्का भनेको जेठो । सायद घरको जेठो छोरो भएकाले होला स्कुलमा नाम लेखाउने बेला उसका बाले उसको नाम बड्कन लेखाइ दिएको हुनुपर्छ । अनि थारुका नाम पनि त्यस्तै त हुन्थे । बड्कन, बर्जग, कल्ली, चुनु, छोड्का, माइला ….।
खासमा मैले पनि कक्षामा हेप्न सक्ने त्यै एउटा बड्कन त थियो ।
उसको र मेरो घर पनि एउटै गाउँमा थियो । तपाईँ कहिल्यै टिकापुर जानू भएको छ ? जानु भएको भए ,टिकापुर देखि उत्तर पूर्वमा पर्ने स्वर्णपुर गाउँ हाम्रो गाउँ हो । नाम मात्र स्वर्णपुर बर्खामा हिलो, हिउँदमा धुलो । अहिले सम्झँदा नि भाउन्न हुन्छ । ऊ र म सँगसँगै स्कुल जान्थ्यौँ । बिच बाटोमा म ऊसँग निहुँ खोज्थे अनि उल्टै उसको साइकलको हावा फुस्काइ दिन्थे ।
बिचरा केही भन्न सक्दैन थियो । रुन्थ्यो मात्रै । कतिपल्ट त ऊ स्कुल ढिलो पुग्यो । कति पल्ट घर फर्कियो ।
अनि ?
कुरा -२
हिउँदको महिना थियो, टिकापुरमा त्यो बेला पेप्सनले फुटबल आयोजना गर्थ्यो । तपाईँलाई कस्तो लाग्थ्यो जाडो याम ?
मलाई त हेर्नुस्, गज्जब लाग्थ्यो । धानका भुसामा फुराएर मकै खान पाइन्थ्यो, चुङ्गी खेल्न पाइन्थ्यो, कुहिरोमा हराउन पाइथ्यो, धेरै लुगा लगाएर मोटो भएको महसुस गर्न पाइन्थ्यो । मान्छे भन्छन् -“जति पोले घामै जाती, जति पिटे आमै जाती ।”
मलाई चाहिँ त्यस्तो लाग्दैन ।
अरू टिमको खेल भइरहेको बेला । हाम्रा स्कुलका केटाहरू ग्राउन्डको पूर्व पट्टिको जता शिव मन्दिर छ नि, हो त्यतैको खाली भागमा आफै आफै फुटबल खेल्थे । म र बड्कन पनि खेल्थ्यौँ । हामीलाई टिममा लिएर त खेलाउँदैन थिए तर हामीलाई गोल किप्परको पछाडि उभिन भन्थे । आउट भएका बल र गोल किप्परले रोक्न नसकेका बल हामी हिर्काथ्यौँ ।
हामीलाई टिममा लिएर त खेलाउँदैन थिए तर हामीलाई गोल किप्परको पछाडि उभिन भन्थे । आउट भएका बल र गोल किप्परले रोक्न नसकेका बल हामी हिर्काथ्यौँ ।
एक दिन हाम्रो स्कुलको खेल भइरहेकै थियो । हाम्रो स्कुलले इन्टर भल अघि दुई गोल हानेको थियो । म र बड्कन पनि एकदम उत्साहित थियौ । इन्टरभलमा सब विद्यार्थी दौडिएर खेल मैदान तिर दगुरे । हामी पनि दगुर्दै गयौँ । एक एक प्याकेट ग्लुकोज खेलाडीका हातमा थिए ।केही बाहिर बसेका खेलाडी जो फ्री मा ग्लुकोज खान पाइरहेका थिए उनीहरूको हातमा पनि ग्लुकोज का प्याकेट थिए । दर्शक बनेका साथीहरू त्यहीँ नाम मात्रका खेलाडीसँग ग्लुकोज मागिरहेका थिए । तिनीहरू दर्शक बनेकालाई दिई पनि रहेका थिए । मलाई पनि ग्लुकोज खान मन लाग्यो । मैले एउटा साथीको अगाडी हात डास्दै भने -” मलाई पनि दे न ”
उसले आफ्नो कट्टु तल सार्दै भन्यो -” ल खा मु* ”
सब मलाइ हेरेर हासे । म पनि खिस्सिदै हासे र त्यहाँबाट हिँडे । म ग्राउन्डबाट निस्किदा मेरा आँखामा आँसु थिए । म कस्तो है ग्लुकोज खान नपाएर रोएको ?
मेरो पछि पछि बड्कन आएको रैछ । उसले म रोएको थाहा पायो । तर पनि हाँसेन । त्यो दिन घर फर्किदा मैले बड्कनलाइ भने -” बड्कन म रोएको कसैलाई नभन्नु है ?” उसले केही बोलेन । था छ तपाईँलाई मैले त्यो दिन पछि बड्कनलाइ कहिल्यै हेपिन । त्यो दिन पछि बड्कन मेरो बेस्ट फ्रेन्ड भयो ।
कुरा -३
हामी दस पढ्ने बेलाको कुरा हो । वैशाखको महिना थियो । बिहान स्कुल लाग्थ्यो । १२ बजे छुट्टी हुन्थ्यो । अनि बेलुका चार बजेबाट कोचिङ क्लास हुन्थ्यो । गर्मीमा लगाउनका लागि बुवाले कटनको ह्याप पाइन्ट किनिदिनु भएको थियो । त्यो हाफ पाइन्ट मलाई खुब सुहाउँथ्यो रे, बड्कनले भन्थ्यो मलाई । त्यसैले म कोचिङ क्लासमा तल त्यहीँ हाफ पाइन्ट लगाएर जान्थे । एक दिन क्यासमा सर आउनु भएको थिएन । म र बड्कन स्कुलको बरान्डामा उभिएर केटिसाथीसँग कुरा गर्दै थियौ । एउटा हामीसँग पढ्ने केटा साथी अर्जुन भन्ने (त्यही के हामीलाई मासु नदिने वाला)ले पछाडिबाट आएर मेरो हाफ पाइन्ट तल झारिदियो ।
केटी साथीहरू हाँस्दै भित्र पसे । बड्कन टोलाउँदै उभिरह्यो । मलाई खै के भयो । म एकाएक त्यो केटामाथि जाइ लागे । सायद म खुब रिसाएको थिए हुँला है ? ऊ म भन्दा मोटो थियो, बलियो थियो तर ऊ जमिनमा पल्टिएको थियो । म उसलाई पिटिरहेको थिए । उसको नाक र मुखबाट रगत बग्न थाले पछि मेरो रिस शान्त भयो ।
म जुरुक्क उठेर भने – “मा…. अब देखि चलिस् भने मारिदिन्छु ।” कोचिङ भएकाले अफिस बन्द थियो । त्यो दिन गणित सर आउनु भएन । म विजयी सिपाही जसरी घर फर्के तर एउटा डर बाँकी थियो कुनै दिन मौका पाए अर्जुनले तिर हान्छ ममाथि । पछिल्लो दिन त्यो अर्जुन आएन । मैले सरको पिटाइ खान परेन । धन्न बाचियो । र मेरो नाक र इज्जत एकैसाथ उँभो लागे ।
तपाईँ पत्ताउनु हुन्छ ? त्यो दिन पछि मसँग कोही जिस्केन । सब डराउँथे । खै मेरो आत्मविश्वास कसरी बढ्यो । कोही मसँग निहुँ खोज्यो कि हिर्काइदिन्थे । अरू केही हुन्थेन अफिस गइरहन पर्थ्यो । गाली खाई रहन पर्थ्यो । अनि एसएलसि मा प्रथम श्रेणीमा पास भए । त्यसलाई त्यो दिन नपिटेको भए म प्रथम श्रेणीमा पास हुने थिइन हुँला । तर बड्कन पास भएन नि ! यदि बड्कनले पनि आफूलाई हेप्नेलाई पिटेको भए पास हुन्थ्यो । म स्योर छु । किन भन्नू न ? उसको आत्मबल बढ्थ्यो ।
पास नभए पछि बड्कनले गाउँमा होटेल खोलेको थियो । दारु मासु बेच्थ्यो । टिकापुर आन्दोलन भयो नि त्यो तपाईँलाई था छ नि है ? हो , त्यहीँ पछि गाउँमा हल्ला चल्यो- बड्कनले खाने कुरामा विष मिलाएर पाहाडी मार्ने प्यान बनाएको छ भन्ने । अनि पाहाडी उसको पसल जान ठ्याप्पै बन्द गरिदिए । थारुको आफ्नै घरमा रक्सी बन्थ्यो, उसको पसल जाने कुरा भएन । अनि उसको पसल पनि ठ्याप्पै बन्द भयो । अचेल मलेसिया छ, बेला बेला मलाई फोटो पठाइरहन्छ ।
ए खासमा तपाइसँग त्यो केटीको बारे कुरा गर्न खोजिरा थिए है ? कुरा कहाँ पुगे, पुगेछ । त्यहीँ भएर त मलाइ मेरी बज्यै – “बाते बड्डो” भन्नू हुन्छ ।
” कञ्चन जी तपाईँ दुख नमान्नु होला, भोलि तपाईँको बैङ्कमा आउने हरकोहीलाई तपाईँले, तपाईँ भनेर सम्बोधन गर्नु पर्ने छ, हैन र ? बानी आज देखि नै बसाउँदा कस्तो हुन्थ्यो ? तर मलाई चाहिँ तपाईँले तिमी भनेको खुब मन पर्छ है ?”
कलङ्कीबाट गाडी हिँड्यो । हाम्रो कुरा सुरु भयो । केटीको टिकापुर रैछ नि । उ म भन्दा एक ब्याच जुनियर रैछ। टिकापुरको अर्कै स्कुल पढेकी । उसका सब कुरा राम्रा थिए तर ऊ मलाई तिमी तिमी भनेर भनिरहेकी थिई । म चाहिँ तपाईँ तपाईँ गरिरा थिए । गाडी नाग ढुङ्गा पुग्यो । उसले मलाई तपाईँ भनिन । गाडी नौबिसे पुग्यो । तिमी नै भनेर कुरा गरिरही । गाडी चितवन पुग्यो । उसले तपाईँ भन्ने इशारा नै देखाइन । गाडीले खाना खुवाउन नवलपरासी रोक्यो । उसले मलाई तिमी भन्दै खाना खाई । मैले तपाईँ भन्दै खाना खाए । उ तिमी भन्दै निदाइ । म तपाईँ भन्दै निदाए । जब बिहान म ब्युँझे । उसले फेरि तिमी भनी । गाडी कोहलपुर पुग्ने तरखरमा थियो । अनि मैले उसलाई सम्झाउने पारामा भने -” कञ्चन जी तपाईँ यति राम्री हुनुहुन्छ । तपाईँ बोली यति मीठो छ, तपाईँ भोलि बैङ्कको हाकिम बन्ने निश्चित छ हैन र ?” उ खुसी हुँदै भनी -” हो नि । ”
-” कञ्चन जी तपाईँ दुख नमान्नु होला, भोलि तपाईँको बैङ्कमा आउने हरकोहीलाई तपाईँले, तपाईँ भनेर सम्बोधन गर्नु पर्ने छ, हैन र ? बानी आज देखि नै बसाउँदा कस्तो हुन्थ्यो ? तर मलाई चाहिँ तपाईँले तिमी भनेको खुब मन पर्छ है ?”
उ केही समय केही बोलिन । गाडी नास्ता खुवाउन कोहलपुर रुक्यो । हामी केही नबोली नबोली बाहिर निस्कियौँ ।
नास्ता खाएर जब म गाडीमा चढ्दै थिए । पछाडिबाट आवाज आयो – “महेन्द्र जी लिनुस् सेन्टर फुर्ट ।”