Logo

चोरीका मोबाइलसहित पक्राउ



Spread the love

११ भाद्र, भक्तपुर – प्रहरीले विभिन्न ठाउँबाट मोबाइलसहित अन्य सामान चोरी गर्ने गिरोहका दुई जनालाई पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोबाट महानगरीय प्रहरी वृत्त थिमिले बनेपा नगरपालिका–८ का २४ वर्षीय पञ्च घलान र नुवाकोटको बागेश्वरी गाउँपालिका–४ का १९ वर्षीय एरिन तामाङलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनीहरुका साथबाट सात थान मोबाइल, एटिएम कार्ड, नागरिकतालगायत सामान बरामद गरिएको छ ।

सालकको खपटासहित दुई जना पक्राउ

दुर्लभ वन्यजन्तु सालकको खपटासहित प्रहरीले दुई जनालाई मंगलबार पक्राउ गरेको छ । प्रहरीले भक्तपुर नगरपालिका–१० कमलविनायक चोकबाट खपटासहित काभ्रेपलोञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ का १७ वर्षीय विशाल तामाङ र २७ वर्षीय श्यामबहादुर तामाङलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्