Logo

पर्यावरण जोगाएर विकास गर्न भीमबहादुर रावलको आग्रह



Spread the love

खषफ

१० भाद्र, कैलाली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीमबहादुर रावलले स्थानीय तहमा विकास गर्ने र विनाश रोक्ने पहिलो दायित्व स्थानीय तहका जनप्रतिनिधिको भएको बताएका छन् ।

जिल्ला समन्वय समिति कैलालीले आज आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा पूर्वउपप्रधानमन्त्री रावलले कैलाली जिल्लाका जङ्गलले पर्यावरणका लागि राष्ट्रिय महत्व बोकेकाले त्यसलाई जोगाउनुपर्नेमा जोड दिए ।

नेकपाका अर्का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले वातावरणीय प्रभाव मुल्याङ्कन नगरी डाँडा भत्काइ रहेको बताउँदै त्यो विकास हो कि विनाश हो हेर्न स्थानीय तहका प्रमुखलाई आग्रह गरे ।

कैलाली जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी कार्यक्रम बुधबारसम्म चल्नेछ । कार्यक्रम जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्