Logo

मलाई मार्छु भनेर आउनेहरू बाटोमै दुर्घटनामा पर्नेछन् : रवि लामिछाने



Spread the love

१० भदौं, काठमाडौँ l सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्रष्टाचार, बेथिति र विसंगतीविरद्ध अझै बलियो भएर प्रस्तुत हुने टेलिभिजन प्रस्तोता रवि लामिछानेले बताएका छन् l

आज नारायणी नदी किनारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै प्रस्तोता लामिछानेले अदालतको आदेशको पूर्ण सम्मान गर्दै अघि बढ्ने बताए ।

आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने बताउँदै स्वयंलाई अदालतले एउटा मुद्दामा मात्रै बोल्न रोक लगाएको बताउँदै अरू लाखौँ मुद्दामा जनताको आवाज बनेर प्रस्तुत हुने प्रस्तोता लामिछानेले बताएका छन् ।

उनले भने, “मलाई अदालतले एउटा मुद्दामा नबोल्न भनेको छ तर देशमा बोल्नुपर्ने लाखौँ मुद्दा छन् म ती मुद्दामार्फत जनताको आवाज बुलंद पार्नुेछ l”

जनताको आमूल माया पाएको स्वयंलाई सुरक्षा चुनौती छ भन्ने महसुस नभएको बताउँदै उनले भने, “धेरैले मलाई सुरक्षा चुनौती छ भनिरहेका छन् तर मलाई त्यस्तो लाग्दैन, यो मायाले मलाई मार्छु भनेर आउनेहरू बाटोमै दुर्घटनामा पर्नेछन् l”

भ्रष्टाचारी र जनताका केही शोषकहरू विषालु सर्प बनेर आफ्ना विरुद्ध लागिरहेको बताउँदै उनले भने, “विषालु सर्पलाई प्रहार गर्ने थुप्रै विकल्प हामीसँग छन् तर सर्पसँग ठग्ने बाहेक अर्को विकल्प हुँदैन, त्यस्ता धेरै सर्पहरू देशमा छन् अझै बलियो भएर हाम्रो टिम आउँदैछ, भ्रष्टाचार विरोधी सामग्री प्रसारण भयो भनेर ती सर्पहरूले झर्को नमान्नु होला ।”

प्रतिक्रिया दिनुहोस्