Logo

१४ क्विन्टल अवैध चिनी बरामद



Spread the love

१० भाद्र, कञ्चनपुर – कञ्चनपुर प्रहरीले शुक्लाफाँटा नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छली गरेर ल्याउँदै गरेको चिनी तथा अन्य सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारीको टोलीले शुक्लाफाँटा नगरपालिका–९ कलुवापुर बजारबाट १४ क्विन्टल चिनी तथा रु ३४ हजार बराबरको लत्ताकपडा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदका अनुसार बरामद गरिएको चिनी र लत्ताकपडा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको छ ।

सो अवैध सामान बेलौरी नाकाबाट नेपाल भित्रिएको बताइएको छ । खुला सीमाका कारण सो नाका भएर भारतबाट अवैध रूपमा दैनिक उपभोग्य सामानका साथै मलखाद, हार्डवेयर सामान, कुखुराका चल्लालगायत सामग्री नेपाल भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्