Logo

२९ बोरा चिनी बरामद



Spread the love

९ भाद्र, कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको कलुवापुरबाट प्रहरीले आज भारतबाट राजश्व छलेर ल्याउँदै गरेको २९ बोरा चिनी बरामद गरेको छ । सडक छेउमा राखिएको अवस्थामा चिनीका बोरा बरामद गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।

ठूलो परिणामको चिनी राजश्व छलेर खुला सीमानाको फाइदा उठाउँदै तस्करले भारतबाट ल्याइएको हुन सक्ने उनले जानकारी दिए । उनले भने, “चिनी मात्रै बरामद गर्यो, चिनी कसको हो भन्ने बारे अनुसन्धान भइरहेको छ ।” रु एक लाख मूल्य बराबरको बरामद चिनी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

यसैगरी, प्रहरीले भारतबाट राजश्व छलेर ल्याउँदै गरेको ९९ थान तयारी अवस्थाको शर्ट, १२ थान टि सर्ट र छ थान बेल्टसमेत कलुवापुरबाट बरामद गरेको छ । बसमा ल्याउँदै गरेका चार बोरा भारतीय भाभिजी नामको खाद्य पदार्थ, उज्याला ब्राण्डको दुई पेटी खाने तेल, हार्डवेयरका समान, रङ्ग लगाउने विभिन्न साइजका ब्रस र दुई बोरा प्लाष्टिक ब्यागसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्