Logo

तीन दिन चट्यांगसहित वर्षा हुने: सतर्कता अपनाउन अनुराेध



Spread the love

७ भदौं, काठमाडौँ । देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेकाे छ ।

मौसमविदका अनुसार मेघ गर्जन र चट्टयांगसहित पानी पर्ने क्रम आगामी तीन दिनसम्म जारी रहने छ ।

देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना रहेकाले चट्यांगबाट जोगिन तथा मध्य, पश्चिम र पूर्वी तराईका जिल्लामा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएकाे छ ।

मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ छ, संगै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली विकसित भएको र त्यसैका कारण कारण हाल नेपालका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भई पश्चिमका केही स्थानमा वर्षा भइरहेको मौसमविदले जानकारि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्