Logo

वन विधेयक बहुमतले पारित



Spread the love

५ भाद्र, काठमाडाैँ – प्रतिनिधिसभाको आजको बैठकले ‘वन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित उक्त विधेयक, छलफलका लागि सदनमा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा बहुमतले सदस्यद्वारा पारित गरिएको हो ।

मन्त्री बस्नेतले निजी वनको विकास र प्रवद्र्धनका लागि विधेयक महत्वपूर्ण रहेको स्पष्टोक्ति दिए । सांसद नारायणप्रसाद मरासनी, कृष्णभक्त पोखरेल, दिव्यमणि राजभण्डारी, मेघमणि चौधरी र छक्कबहादुर लामाले विधेयक सकारात्मक रहेको बताए । प्रतिनिधिसभाको अर्काे बैठक भदौ ९ गते दिउँसो १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्