५ भदौ, चितवन। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण अस्वभाविक भएको भन्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् ।
महानगर प्रमुख दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै अनुसन्धान नबिथोल्न आग्रह गरेकी छन् । उनले घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व लगायत अन्य संयन्त्र विरुद्ध गरिएको प्रचार तथा गालीगलौज गर्नु दुखद घटना रहेको बताएकी हुन् ।
‘कुनै पनि व्यक्तिको अस्वभाविक मृत्यु हुनु दुखद विषय हो । अस्भाविक मृत्युको कारणका लागि निष्पक्ष छानविन गर्नु राज्य र सरकारको दायित्व हो । ‘दोषी नछुटुन र निर्दोष नपरुन’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।’ विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्