भोली मिति २०७६ साल भाद्र ५ गते बिहीबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।
मेष राशी – उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । पठनपाठनमा समय दिन नसकिएला।आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् ।
वृष राशी – घरजग्गा खरीद तथा जग्गासम्बन्धी कारोबार हुने छ। यात्रा सफल हुने छ।
मिथुन राशी – धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ। रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ।
कर्कट राशी
महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।
सिंह राशी – कार्य्सिद्धि हुने अवसर मिल्नेछ। अतिथिको सेवा गर्नुपर्ने छ। मुद्दा मामिलामा विजयी पाप्त हुनेछ।
कन्या राशी – आफूलाई कमजोर भएको अनुभूतिहुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। अनावश्यक धन खर्च होला।
तुला राशी – वित्तीय क्षेत्रको काममा फाइदा मिल्ने छ। नयाँ काम वा रोजगार पाइने छ। मान प्रतिष्ठामा बृद्धि होला।
वृश्चिक राशी – मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला। अपरान्हपछि मन शान्त हुने छ। चिन्ता समाप्त हुने छ।
धनु राशी – शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्यको थालनी होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दिन रमाइलोसँग बित्ने छ।
मकर राशी – मनको दुविधा हटेर जाने छ। मायाप्रेममा सफलता हासिल हुने छ। स्वास्थ्यमा देखिएको समस्या समाधान हुने छ। दिनको उत्तरार्धमा धन खर्च होला।
कुम्भ राशी – मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता पाइनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। व्यापार–व्यवसायीहरुले उच्च नाफा आर्जन गर्ने योग छ।
मीन राशी – आफन्तको सहयोग प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। कला क्षेत्रमा काम गर्नेलाई धेरै राम्रो दिन छ।