Logo

बालुवाटारमा नेकपा र काँग्रेसबिच छलफल



Spread the love

४ भदौं, काठमाडौँ l प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबिच छलफल सुरु भएको छ ।

दुई दलबीच उक्त छलफल सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनका बारेमा सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलका लागि काँग्रेस सभापति शेरबहादुर देउवा महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्यद्वय रमेश लेखक र डा. मीनेन्द्र रिजालका साथ बालुवाटार पुगेका छन् ।

नेकपाबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, संसदीय दलका उपनेता सुवास नेम्वाङल लगायत नेताहरूको उपस्थिति रहेको छ l

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै एक हप्ता भित्रै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्