Logo

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा



Spread the love

४ भदौं, काठमाडौँ l भारतीय विदेशमन्त्री एस जयशंकर आज राजधानी आइपुगेका छन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री जयशंकर दिउँसो सवा १२ बजे राजधानी आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्रमन्त्रालयका सचिव शङ्करदास वैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गरेका थिए ।

काठमाडौँमा आज र भोलि बैठक बस्नेछ । बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग जयशंकरले भेटवार्ता गर्ने छन् । उनीहरूको छलफल दिउँसो २ बजे तय गरिएको छ ।

त्यसपछि दिउँसो ३ बजे होटेल याक एण्ड यतीमा सञ्चालन गरिएको नेपाल-भारत संयुक्त आयोगको बैठकमा मन्त्री जयशंकर सहभागी हुने छन् ।

भोलिसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत,संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्