Logo

सञ्चारकर्मी लामिछानेको आन्दोलन डलर खाएर भइरहेको छ : सांसद विक



Spread the love

४ भदौं, काठमाडौँ l सञ्चारकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा गणतन्त्र र व्यवस्था विरोधीहरूले आन्दोलन गरिरहेको दाबी सांसद खेमकुमार विकले गरेका छन् l

आज बसेको राष्ट्रिय सभाको बैठकमा सहभागिता जनाउँदै सांसद विकले प्रस्तोता लामिछानेको पक्षमा भइरहेको आन्दोलनका नाममा देशमा हिंसा भड्काउन खोजिएको आरोप लगाए ।

सांसद विकले भने, ‘रवि लामिछानेसँग सम्बन्धित जुलुस, धर्ना देशका केही ठाउँमा भइरहेको छ । जसमार्फत् हिंसा भड्काउने कोसिस हुँदैछ l हिजै (मङ्गलवार) पनि काठमाडौँको माइतीघरबाट निस्केको जुलुसमा शंकास्पद पदार्थ (पेट्रोल?) भरिएका वियरका बोत्तल बोकेर हिँडेको देखेँ । त्यसपछि मैले तत्कालै प्रहरीका कमाण्डरलाई खबर गरेँ । त्यसपछि सम्भावित हिंसात्मक घटना टर्‍यो ।’

सबै नागरिकलाई राज्यले कानुनको सहायताले छानबिन गर्न पाउने तर्क सांसद विकले गरे l उनले भने, ‘जिउ धनको सुरक्षा गर्ने काम पनि राज्यको हो l राज्यले जो सुकै नागरिकलाई पनि कानुन अनुसार नियन्त्रणमा लिएर अनुसन्धान गर्न पाउँछ । यसमा किन विरोध? के का लागि विरोध?’

मान्छेले अहिले कुनै न कुनै कारणमा आत्महत्या गरिरहेको बताउँदै सरकारले अनुसन्धान गर्दा विरोध आन्दोलन निकाल्नु गलत हुने सांसद विकले बताए l

उनले भने, ‘सरकाले कानुन कार्यान्वयन गर्दा त्यसको नाममा कम्युनिष्टको विरोध गर्दै वर्तमान प्रधानमन्त्रीको पुत्ला दहनसम्म भयो l रविको पक्षमा भइरहेको यो आन्दोलनका पछाडि कुन शक्ति छ? यो आन्दोलन डलर खाएर भइरहेको छ । सरकारको ध्यान यसमा जानुपर्छ, यसको छानबिन हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्