Logo

म यति चाडैं दुनियाँ छोड्दिन, अझै १५ वर्ष बाच्छु : प्रधानमन्त्री ओली



Spread the love

४ भदौं, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयंले चाँडै दुनियाँ नछोड्ने बताएका छन् l गृहमन्त्रालयद्वारा आज सञ्चालन एक कार्यक्रममा उपस्थित जनाउँदै प्रधानमन्त्री ओलीले केहीले आफूलाई चाँडै मरिगए हुन्थ्यो भन्ने चाहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘म भोलि सिङ्गापुर जाँदैछु । केही दिनका लागि । अचम्म लाग्छ, कोही कति कमजोर भएछन् भने बाँचोस् कामना गर्छौँ भन्ने छैन, मरिहालेदेखि हुन्थ्यो । मलाई त्यस्ता प्रवृतिहरुसँग केही भन्नु छैन र म स्वास्थ्य परीक्षण तथा उपचारका लागि जाँदै छु l आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न त्यस्तो चाहानेहरुलाई भन्न चाहन्छु,आउँदो चुनाव डफ हुनेछ ।’ आफू अझै १५ वर्ष बाँच्ने प्रधानमन्त्री ओलीले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्