Logo

सांसद वलीले गरिन् भारत र प्रधानमन्त्री मोदीको प्रशंसा



Spread the love

४ भदौं, काठमाडौँ l भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेकपाकी सांसद कोमल वलीले मुक्तकण्ठले प्रशंसा गरेकी छन् ।

भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने दिन पारेर आज राष्ट्रियसभा बैठकमा सहभागिता जनाउँदै सांसद वलीले भारत र मोदीको प्रशंसा गरेकी हुन् ।

सांसद वलीले भनिन, ‘भारत हाम्रो ठुलो व्यापारिक सम्बन्ध रहेको देश हो l तेस्रो मुलुकसँग व्यापारिक ट्रान्जिट सुविधा प्रदान गरिरहेको मित्रराष्ट्र पनि हो ।’

सांसद वलीले भारत र मोदीसँगको व्यवहारमा दलहरूले आफू सत्ता पक्षमा छु कि प्रतिपक्षमा छु भनेर सोच्न नहुने स्पष्ट परिन् l प्रतिपक्षलाई हिजो सत्तामा हुँदाको जस्तो राष्ट्रिय हित, छिमेक प्रतिको विश्वास कायम गर्ने सोच कायमै राख्न सांसद वलीले सुझाव दिइन् ।

उनले भनिन, ‘प्रतिपक्षमा हुने बित्तिकै छिमेकी देशको सरकारलाई आशङ्का गर्ने, राजनीतिक रूपमा अविश्वास प्रदा गर्ने खालको सन्देश दिनु हुँदैन l किनभने इन्डियामा स्थिर सरकार हुनु भनेको नेपाललाई फाइदा हो । बलियो भारतले मात्र नेपालको हितको रक्षा गर्न सक्छ ।’

भारत होस् या चीन, बलिया छिमेकीले मात्र हाम्रो जस्तो देश नेपालको भलो गर्न सक्ने सांसद वलीको भनाइ थियो । उनले भनिन, ‘हामी बलियो भए उनीहरूको हित हुन्छ र उनीहरू बलियो भए हाम्रो हित हुन्छ l भारतको स्थिरता र भारतमा बलियो सरकार हुनु नेपालका लागि बेफाइदा होइन कहिले पनि ।’

प्रतिक्रिया दिनुहोस्