Logo

सरकारले गर्याे १६ सचिवहरूको सरुवा: हेर्नुहाेस् सूचीसहित



Spread the love

४ भदौ, काठमाडौँ । सोमबारको मन्त्रीपरिषद् बैठकले गरेकाे निर्णय अनुसार कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ ।

गत साउन १५ गते  प्रधानमन्त्रीले मन्त्रीहरुसँग एकवर्षे कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सचिवहरुसँग आफू अनुकूलको मितिमा सम्झौता गरेका थिए ।

तर, प्रधानमन्त्री कार्यालयदेखि प्रदेश मुख्य सचिवसम्मका सचिवहरुको सरुवा एक महिना पनि नबित्दै भएको छ । मन्त्रिपरिषदको बैठकले सचिवहरुको सरुवासँगै चार जना सहसचिवलाई सचिवमा बढुवा पनि गरेको छ । बढुवा हुनेहरुमा प्रशासन सेवाका तोयम राय र तोयनारायण ज्ञवाली छन् भने इन्जिनियरिङ सेवाका रवीन्द्र श्रेष्ठ र शिवहरि शर्मा छन् ।

काे सचिवकाे कहाँ सरूवा हेर्नुहाेस सूची

क्र.सं. नाम थर सरुवा भएको स्थान साविकको स्थान
१. सूर्य गौतम भूमिसुधार मन्त्रालय महालेखा नियन्त्रकको कार्यालय
२. गोपीनाथ मैनाली महालेखा नियन्त्रकको कार्यालय भूमिसुधार मन्त्रालय
३. केदारबहादुर अधिकारी पर्यटन मन्त्रालय वाणिज्य तथा आपूर्ति मन्त्रालय
४. मोहनकृष्ण सापकोटा सार्वजनिक खरिद अनुगमन कार्यालय पर्यटन मन्त्रालय
५. वेगेन्द्रराज शर्मा पौडेल वित्त आयोग सार्वजनिक खरिद अनुगमन कार्यालय
६. वैकुण्ठ अर्याल वाणिज्य तथा आपूर्ति मन्त्रालय वित्त आयोग
७. माधव बेल्बासे खानेपानी मन्त्रालय राष्ट्रिय सतर्कता केन्द्र
८. रामप्रसाद थपलिया युवा तथा खेलकुद मन्त्रालय स्वास्थ्य मन्त्रालय
९. सञ्जय शर्मा विज्ञान तथा प्रविधि मन्त्रालय ऊर्जा मन्त्रालय
१०. खगराज बराल स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय
११. महेश दाहाल शिक्षा मन्त्रालय श्रम मन्त्रालय
१२. विनोद केसी श्रम मन्त्रालय राष्ट्रपति कार्यालय
१३. डा. हरि पौडेल राष्ट्रपति कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
१४. महेन्द्रप्रसाद गुरागाईं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लोक सेवा आयोग
१५. आनन्द ढकाल लोक सेवा आयोग प्रदेश ३ को मुख्य सचिव
१६. तीर्थ ढकाल प्रधानमन्त्री कार्यालय प्रदेश ५ को मुख्य सचिव

प्रतिक्रिया दिनुहोस्