Logo

नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि बस्दै



Spread the love

४ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करकाे संयुक्त अध्यक्षतामा नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधवार अपराह्नदेखि काठमाडौँमा बस्दैछ ।

बैठक सञ्चालक लागि ३५ सदस्यीय प्रतिनिधिमण्डल गठन गरी कार्यविभाजन गरिएको छ । बैठकका कार्यसूचीमध्ये पहिलोमा राजनीतिक र सीमा सुरक्षा, दोस्रो सञ्चार सञ्जाल र आर्थिक समृद्धि, तेस्रो व्यापार र पारवहन, चौथोमा ऊर्जा र जलस्रोत तथा संस्कृति र विविध विषय रहने छ । यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत् योजनालगायतका एक दर्जनभन्दा बढी नवीन विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना रहेकोपरराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो।

भारतीय विदेशमन्त्री नेपालमा रहनुहुँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।

आयोग गठन भएको ३२ वर्षपछि हुन लागेको पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्त्वका साथ लिएका छन् ।यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो ।

बैठक अपराह्न ३ बजे उद्घाटनसँगै सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्