Logo

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित



Spread the love

४ भदौ, काठमाडौं । बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालक समितिको बैठकले केही समयका लागि भन्दै सो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

संघीय संसदको अर्थसमितिको पत्रका आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘यसबारेमा अध्ययन गर्न अर्थ समितिले एक उपसमिति गठन गरेको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘अर्थसमितिले अध्ययन गरिरहेको विषयमा ब्रोकर लाइसेन्स बाँड्नु उचित देखिएन, यसकारण केही समयका लागि स्थगित भएको हो ।’

ब्रोकर लाइसेन्सका लागि करिब एक दर्जन बैंकका सहायक कम्पनीले नेप्सेमा आवेदन दिएका छन् । यो समाचार कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्