Logo

ट्रन्सफर्मरको सामान चोरीः ४०० परिवारको खानेपानी आपूर्ति बन्द



Spread the love

४ भदौ, रामेछाप । रामेछापको भीरपानीमा खानेपानी आयोजनाको लिफ्टका लागि जडान गरिएको विद्युत् ट्रन्सफर्मरका समान चारि भएपछि स्थानीयको घरमा खानेपानी आपूर्ति बन्द भएको छ ।

संघीय खानेपाली तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर सीताराम यादवका अनुसार उक्त आयोजनाबाट ४०० परिवारलाई खानेपानी आपूर्ति हुँदै आएको थियो ।

गत राति विद्युत् आपूर्ति भएकै बेला ट्रन्सफर्मरका सामग्री चोरी भएको हो । उक्त ट्रन्सफर्मर झण्डै छ महिनाअघि मात्र खानेपानी आयोजनाअन्तर्गत जडान गरिएको थियो  । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्