Logo

पाँच दिन अझै सञ्चारकर्मी लामिछानेलाई हिरासतमा राखिने



Spread the love

३ भदौं, चितवन l जिल्ला अदालत चितवनले सञ्चारकर्मी सालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ ।

यसअघि पनि प्रस्तोता लामिछानेसहित तिनै जनालाई पाँच दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर अनुसन्धानका लागि अझै समय आवश्यक भएकोले अर्को पाँच दिन म्याद थप गरेको हो l

प्रतिक्रिया दिनुहोस्