Logo

पेनाल्टी मिस गर्दा पोग्वाको सामाजिक सञ्जालमा आलोचना



Spread the love

३ भदौ, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वुल्भविरुद्धको खेलमा पेनाल्टी मिस गरेपश्चात म्यानचेष्टर युनाइटेडका पाउल पोग्वाको आलोचना भएको छ । स्टार खेलाडी पोग्बाले पेनाल्टी मिस गरेपछि सामाजिक सञ्जालमा उनको जातको कुरालाई लिएर आलोचना गरिएको हो ।

उनका अनेकौं ट्रोलहरु बनाइएका छन् । उनलाई पेनाल्टी मिस गर्ने निग्गा भन्दै धेरै समर्थकहरुले आलोचना गरेका छन् । सामाजिक सञ्जालमा फुटबल खेलाडीको जातलाई लिएर भएको आलोचना यो हप्ताकै तेस्रो घटना हो।

यही हप्ता रिडिङका स्ट्राइकर याकोउ मेटीले पनि पेनाल्टीमा गोल गर्न नसक्दा सामाजिक सञ्जालमा रंगभेदी व्यवहारको सामना गर्नुपरेको थियो। यस्तै लिभरपुलसँगको युइएफए सुपर कपको खेलमा पेनाल्टी मिस गरेपश्चात चेल्सीका स्ट्राइकर टामी अब्राहमले पनि यस्तै व्यवहारको सामना गर्नु परेका थिए ।

प्रतिक्रिया दिनुहोस्