Logo

ललितपुरको फ्याक्ट्रीमा भिषण आगलागी



Spread the love
 

३ भदौं, ललितपुर l आज गोदावारी नगरपालिका—१३स्थित झरुवाराशीमा अवस्थित गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भिषण आगलागी भएको छ ।

उक्त आगलागी साढे ११ बजेबाट सुरु भएको हो । ४ घण्टाको कोसिसपछि पनि अहिलेसम्म आगो नियन्त्रणमा नआएको ललितपुर प्रहरीले जनाएको छ l

भिषण आगोलाई नियन्त्रणमा लिने प्रयास रक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना र विभिन्न निकायले गरिरहेका छन् l ३ वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्