Logo

सरकारले प्रजातन्त्रको खिलाफमा कदम चाल्यो : सभापति देउवा



Spread the love

२ भदौं, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार प्रजातन्त्रको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् l

विभिन्न विधेयक ल्याएर जनताको अधिकार हनन् गर्न खोजेको सभापति देउवाको आरोप छ l सरकारले मानव अधिकार आयोग, मिडिया काउन्सिल विधेयक लगायतका विधेयकहरू एकपछि अर्को गर्दै ल्याएको सभापति देउवाले बताए l

भैरहवामा आज आयोजित पार्टीको कार्यक्रममा सहभागिता जनाउँदै देउवाले भने, ‘हाम्रो पार्टी प्रजातन्त्रकै लागि स्थापना भएको हो, प्रजातन्त्रको खिलाफमा यो सरकारले कदम चालेको छ । आन्दोलन गर्नुपर्ने हुनसक्छ ।’

सभापति देउवाले प्रजातन्त्रको विरोध र जनताको अधिकार खोस्ने जो कोहीलाई पनि नछाड्ने बताएका छन् l उनले भने, ‘प्रजातन्त्रको खिलाफ गर्ने जो सुकै होस्, छोड्ने छैन l’

प्रतिक्रिया दिनुहोस्