Logo

साबिक विजेता तुर्केमिनिस्तानको विजयी सुरुवात



Spread the love

२ भदौ, काठमाडौं । साबिक विजेता तुर्केमिनिस्तानले आजबाट सुरु भएको पाँचौं संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

सैनिक शारीरिक तथा खेलकुद विकास केन्द्र लगनखेलमा भएको पहिलो खेलमा तुर्केमेनिस्तानले अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा तुर्केमेनिस्तानले अफगानिस्तानलाई ३२-३० ले पराजित गरेको थियो। दोस्रो सेटमा अफगानिस्तान २५–१६ ले विजयी भयो। त्यसपछिका सेटमा २७-२५ र २६-२४ को सेटमा जित्दै तुर्कमेनिस्तान विजयी भयो।

तुर्केमिनिस्तानले अब मंगलबार उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । आजै नेपालले उद्घाटन खेलमा किर्गिस्तानको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्