Logo

नेताहरूको वरियता मिलाउनुपर्छ : नेता खनाल



Spread the love
 

१ भदौं, काठमाडौँ l पार्टी नेताहरूको वरियता मिलाउनुपर्ने नेकपाका नेता झलनाथ खनालले बताएका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछिको वरियतामा आफूलाई राख्नुपर्ने माग नेता खनालले गरेका छन् ।

तत्कालीन एमाले र माओवादीच एकता हुँदा माधवकुमार नेपाललाई दोस्रो वरियतामा राखिएको थियो । तर नेता खनालको त्यसमा असहमति छ l

आजको संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले भने, ‘जति जथिबेला पार्टी एकता भयो, त्यो बेलामा यो बेठिक भयो । पद्धतिसंगत भएन । वरियतालाई तलमाथि गर्नु हुँदैन भनेर मैले सुरुमा नै असन्तुष्टि राखेको हो ।’ नेता खनालले अघि भने, ‘अब सच्याउने विन्दु आइपुगेको छ । सबैले हार्दिकतापूर्वक लिएर सच्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्