१ भदौं, काठमाडौँ l आत्महत्या गरेका सञ्चारकर्मी सालिकराम पुडासैनीकी श्रीमतीले सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिएकी छिन् ।
उनले आज महानगरीय प्रहरी परिसर काठमाडौँमा आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध कडा कारबाहीको माग्दै जाहेरी दिएकी हुन् । उनको जाहेरी स्वीकार गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
आज श्रीमान् पुडासैनीको १३ दिनको काजक्रिया सकिएपछि उनी जाहेरी दिन परिसरमा पुगेकी थिइन् । परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने, ‘जाहेरीलाई खामबन्दी गरी चितवन पठाउने तयारी भइरहेको छ l’
अहिले लामिछानेसहित तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्