१ भदौं, काठमाडौँ l नेपाली काँग्रेसकी सांसद रंगमति शाहीले पार्टी प्यालेसमा तीज मनाउन लगाएको प्रतिबन्ध खारेज गर्नुपर्ने आवाज उठाएकी छन् l
आज बसेको प्रतिनिधिसभा बैठकमा सहभागिता जनाउँदै सांसद शाहीले वर्षभरि कमाएको पैसाले महिलाले रमाइलो गर्न नपाउनु न्यायोचित नभएको जिकिर गरिन् ।
उनले सरकारलाई प्रश्न गरिन्, ‘के महिलाले एक दिन तीज मनाउँदैमा यो देशको भष्टाचार नियन्त्रण हुने हो र ? यो सरकार आफैमा भ्रष्टाचारमा डुबेको छ । पार्टी प्यालेसमा तीज मनाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न सभामुखमार्फत म सरकारलाई आग्रह गर्दछु ।’
(हेर्नुहोस् भिडियो )
प्रतिक्रिया दिनुहोस्