Logo

अर्को चुनावमा काँग्रेसले जित्ने सांसद रिजालको दाबी



Spread the love

 

 

१ भदौं, काठमाडौँ l नेपाली काँग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले अर्को चुनावमा काँग्रेसले जित्ने दाबी गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै डाक्टर रिजालले सरकार असफल भइरहेको र अर्को निर्वाचनमा काँग्रेसले सरकार बनाउने दाबी गरेका हुन् ।

डाक्टर रिजालले भने, ‘चुनाव नभएसम्म यही सरकार रहन्छ भनेर प्रधानमन्त्री ज्यूले ठिक भन्नुभयो l ‘चुनाव नभएसम्म यही सरकार रहन्छ भनेर प्रधानमन्त्री ज्यूले ठिक भन्नुभयो l’

सरकारले जनतासँग गरेको कार्यसम्पादन करार पूरा नभएको आरोप रिजालले लगाएका छन् l उनले भने, ‘तर गत चुनावमा जनतासमक्ष गरेको कार्यसम्पादन सम्झौता खै पूरा भएको ? यहाँ परीक्षामा असफल भइसक्नु भएको छ ।’

यसअघि स्वयं सधैँ पदमा रहन नचाहेको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिएका थिए । यही सरकार अर्को निर्वाचनसम्म रहने र सरकार थरर काँपेको दिवास्वप्नबाट बाहिर निस्किन प्रतिपक्षी दललाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्