Logo

यसै हप्ता आयोगलाई पूर्णता दिन्छु : प्रधानमन्त्री ओली



Spread the love

१ भदौं, काठमाडौँ l यसै हप्ता सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोगले पूर्णता पाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियालाई पूर्णता दिन सरकार प्रतिबद्ध रहेको र यसै हप्ताभित्र रित्त आयोगले पूर्णता पाउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सिफारिस समितिले यसै हप्तामा नाम पेस गर्ने बुझेको छु, नाम आउने बित्तिकै सरकारले तुरुन्त नियुक्त गर्छ l’ सरकारले चैत १४ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुई वटै आयोगमा पदाधिकारी सिफारिस गर्न ५ सदस्यीय समिति बनाएको थियो ।

दलीय भागवण्डा नमिल्दा समितिले नाम सिफारिस गर्न सकेको छैन । उनले भने, ‘द्वन्द्व व्यवस्थापन गरेको लामो समय भइसक्दा पनि द्वन्द्वका घाउ चहराउने काम भइरहनु वान्छनीय हुँदैन । त्यसैले यसै हप्ता आयोग गठन भइसक्ने र त्यसले बाँकी रहेका काम पनि समाधान गर्नेमा ढुक्क हुन सकिन्छ l’

सरकारले ३ वर्षे कार्यकाल भएको आयोगको माग गएको माघ अन्तिममा थपे पनि पदाधिकारीको कार्यकाल भने चैतमै सकिने गरी ऐन संशोधन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्