Logo

अध्यक्ष भट्टराईको गोरखा दरबार पुन र्निर्माणमा चासो



Spread the love

१ भदौं, काठमाडौँ l समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले गोरखा दरबार पुन र्निर्माणमा चासो देखाएका छन् । २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पबाट क्षति पुगेको दरबार भत्काएर अलपत्र छाडिएको छ ।

गोरखा दरबारको अवलोकन गरे पश्चात् अध्यक्ष भट्टराईले ट्वीट गर्दै पृथ्वीनारायण शाहको जन्म स्थल दुर्गति देख्नु परेको उल्लेख गरेका छन् । भट्टराईले लेखेका छन्, ‘पृथ्वीनारायण शाह जन्मेको/हुर्केको गोरखा दरबारको यो दुर्गति देख्दा कसको मन नपग्लेला? पुनर्निर्माणको ठेक्पा पाएको जौवारीको एक जना श्रेष्ठ कम्पनी वर्षौंदेखि गायव छ ।’

उक्त कम्पनीले सत्ताको आडमा समयमै काम नगरेको दाबी अध्यक्ष भट्टराईले गरे । उनले लेखे, ‘पुरातत्व विभागका हाकिम वर्तमान सत्ताको आड पाएका यी ठुला माछालाई छोए आफ्नो जागिर जाने डरले थर्थर छन् । छ कोही हिम्मतवाला?’

२०७४ कात्तिक २९ गते दरबार पुनर्निर्माणका लागि पचली सिवा जेभीले ठेक्का सम्झौता गरेता पनि अहिलेसम्म जग निर्माणको काम भने पूर्ण भएको छ । यही मङ्सिर मसान्तभित्र निर्माण सकिसक्नुपर्ने सम्झौता थियो ।

प्रतिक्रिया दिनुहोस्