Logo

नेकपाकाे सचिवालय बैठक आज बस्ने



Spread the love

१ भदौ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल दुवै नेताले वरीयतामा आफू अगाडि हुनुपर्ने दाबी गर्दै आइरहेका छन् । झलनाथ खनाल र माधव नेपाल मध्य काे वरिष्ठ भन्ने विवाद पार्टी एकतादेखि नै रहँदै आएको छ । वरीयता निर्धारणबारे पनि बैठकमा छलफल हुन सक्ने नेताहरूले बताएका छन् ।

एकतालाई पूर्णता दिइसकेपछि भदौमा देशव्यापी अभियान चलाउने योजना बनाएर ३२ केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँट गरेर एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाले सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठन लगायतको एकता पूरा गर्न बाँकी छ । त्यसै गरी ज्येष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम पनि बाँकी छ ।

शनिबारका लागि बैठक तय भए पनि गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो । केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्