Logo

आज संसदमा प्रधानमन्त्रीले सम्बाेधन गर्ने



Spread the love

१ भदौ, काठमाडौँ । आज  (आइतबार ) बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

यसअघि गत असार ३ गते संसद्मा सम्बोधनका लागि प्रधानमन्त्रीले समय पाएका भएपनि प्रमुख प्रतिपक्ष दलहरूले सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण यादव प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै संसद् अवरोध गरेकाले सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका थिए ।

विपक्षीको अवरोधका कारण संसद्मा बोल्न नपाएका प्रधानमन्त्रीले लगत्तै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

घटनाबारे छानबिन गर्न गत साउन २० गते पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएकाे छ ।  त्यसपछि भने संसद्को अवरोध हटेको छ ।

प्रधानमन्त्रीले आज संसद्मा समसामयिक विषयमा बोल्नुका साथै सांसदहरुले उठाएका केही जिज्ञासाको पनि सम्बोधन गर्ने भनेर संसद् सचिवालयमा जानकारी आएको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्