Logo

‘पार्टी एकता नगरेकै भए ठीक हुने थियो कि ?’ – प्रचण्ड



Spread the love

३२ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरूमा पनि निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्।

शनिबार राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले ‘कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभुति हुन थालेको छ ’ ।

यही चिन्ताले अहिले अप्ठेरो भन्दा अप्ठेरो समस्या पनि हल गर्दै गएको प्रचण्डले बताएका छन् । शुक्रबारको सचिवालय समितिको निर्णय पनि उनले त्यस्तै अप्ठेरो निर्णय भएको बताए ।

यस्तै अध्यक्ष दाहालले चिकित्सकहरुले आफ्नो पेशालाई मानवतासँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । पेशा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई बस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताए ।

’विगतमा युद्ध गर्दा गणतन्त्र ल्याउन सक्दैनन् भनेको स्मरण गर्दै अहिले पनि पार्टी एकता टिकाउन नसक्ने भन्ने टिप्पणी भएको प्रचण्डले बताए । उनले भने ‘ पार्टी एकता त सम्भव नै भन्थे हामीले गर्यो । तर हेर्दै जानुहोला अब सुदृढ एकतासहित राष्ट्रलाई हाँक्ने पार्टी बन्नेछ ।’

प्रतिक्रिया दिनुहोस्