Logo

नेकपाको उपाध्यक्ष बने गौतम



Spread the love

३१ साउन, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम बन्ने भएका छन् । आज बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका हुन् ।

उक्त प्रस्तावमा सविचालयले पनि सहमति जनाएको छ l नेता गौतमले पनि नेकपाको उपाध्यक्ष पदमा बस्न तयार भएको जनाएका छन् । स्रोतका अनुसार अध्यधद्वयको सो प्रस्तावलाई आगामी स्थायी समितिको बैठकले पास गरेसँगै वामदेव दुई अध्यक्षपछि एक उपाध्यक्ष हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्