Logo

भारी वर्षाको सम्भावना



Spread the love

३१ साउन, काठमाडौँ । नेपालभर तीन दिनसम्म मौसम सामान्य बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेष गरी पहाडी भेगमा सामान्य वर्षाको अवस्था रहनेछ भने पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने अनुमान छ । अन्यत्र भने मौसम बिस्तारै खुल्दै जाने क्रममा रहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा औसत स्थानमा छ । औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बङ्गाल हुँदै बङ्गालको खाडीसम्मको अवस्था जनाउने महाशाखाले जनाएको छ ।
महाशाखाले धेरै भेगमा बिहीबार र शुक्रवार वर्षातकको मध्यम अवस्था रहने जनाएको छ । शुक्रवार र शनिवार केही भेगमा भने मेघगर्जनसहितको भारी वर्षा हुने आकलन उसले गरेको छ । यो समाचार आजको गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्