Logo

‘विधिको शासननै धर्म हो’



Spread the love

३१ साउन, पोखरा – गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताएका छन् । ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय नयाँबजारद्वारा बिहीबार आयोजित रक्षाबन्धन एवम स्नेह मिलन कार्यक्रममा उनले धर्म भनेकै विधिको शासन भएको बताए ।

“जहाँ विधिको शासन हुँदैन, त्यहाँ धर्मको कुनै अर्थ हुँदैन्”, उनले भने । धार्मिक सहिष्णुताबिना शान्ति असम्भव भएको उल्लेख गर्दै उनले विधिलाई टेकेर शासन गर्न आग्रह गरे । प्रदेश प्रमुख कुँवरले भने “जहाँ धर्मलाई टाढा राखिन्छ, धर्मलाई अपमान गरिन्छ, त्यहाँ शान्ति, समृद्धी र सुशासनको कल्पना गर्न सकिँदैन ।”

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले शान्ति र समुन्नत समाजका लागि आध्यात्मिक साधनाको उत्तिकै जरुरत रहने बताए । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवम रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले धर्म, संस्कृति र संस्कारबिना समाज समुन्नत हुन नसक्ने धारणा राखे । ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयका पश्चिमाञ्चल निर्देशक ब्रम्हकुमारी राजयोगिनी परिणीताले रक्षाबन्धनको आध्यात्मिक रहस्य र महत्वको बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्