Logo

प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो, भोलिसम्मका लागि बैठक स्थगित



Spread the love

३० साउन, काठमाडौँ l आजका लागि तय भएको नेकपाको सचिवालय बैठक पुनः स्थगित भएको छ ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि भोलिसम्मका लागि स्थगित भएको नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन् ।

सदस्य श्रेष्ठले भने, “प्रधानमन्त्रीज्यूलाई ज्वरो आयो । त्यसपछि सबै साथीहरूले प्रधानमन्त्रीलाई अस्वस्थ भएपछि आज नबसौं भन्‍ने सल्लाह भएर भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।”

आज डाकिएको बैठकमा यसअघिदेखि छलफल हुन नसकेका कार्यसूचीमाथि वार्ता गर्ने बताइएको थियो । तर, प्रधानमन्त्री ओलीको स्वास्थ्य स्वस्थ नभएपछि बैठक स्थगित गरिएको हो ।

यसअघि मङ्गलवार तयारी नपुगेको भन्दै बुधबारका लागि स्थगित गरिएको बैठक बुधवार पनि बस्न सफल भएन l

प्रतिक्रिया दिनुहोस्