Logo

सभापति देउवाद्वारा दीक्षितको निधनमा दुःख प्रकट



Spread the love

३० साउन, काठमाडौँ l नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनप्रति दुःख व्यक्त गरेको छ ।

सभापति देउवाले आज मध्यान्ह विज्ञप्ति जारी गरेर वरिष्ठ साहित्यकार दीक्षितको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

दीक्षितको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुग्न गएको भन्दै सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दर्शनशास्त्रका प्रकाण्ड विद्धान, वरिष्ठ साहित्यकार, कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा हुन गएको असामयिक निधनले मलाई र हाम्रो पार्टी नेपाली काँग्रेसलाई मर्माहत र स्तब्ध बनाएको छ l स्वर्गीय दीक्षितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । दुःखको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरूमा समवेदना प्रकट गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्