Logo

नेकपाका दुई अध्यक्षबिचको छलफलमा गृहमन्त्री थापाको सहभागिता



Spread the love

३० साउन, काठमाडौँ l आज बिहानै देखि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली छलफलमा व्यस्त छन् ।

उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा पनि सहभागी रहेको थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले बताएका छन् । पथिकले भने, ‘बिहान ९ बजेदेखि छलफल चलिरहेको छ, स्कुल विभाग लगायत समग्र कार्यविभाजनको टुङ्गो लगाउने गरी छलफल भइरहेको छ ।’

आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठक स्थगित नहुने सम्भावना रहेको जानकारी पथिकले दिए l दुई अध्यक्षबिचको बैठकमा गृहमन्त्री थापा उपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ ।

स्कुल विभागको नेतृत्वमा पूर्व एमाले र पूर्व माओवादी दुवै पक्षको दाबी रहेका कारण एकता प्रक्रिया लम्बिएको थियो । पूर्व एमाले तर्फबाट ईश्वर पोखरेलले आफ्नो अडान छाडेका छैनन् भने पूर्व माओवादी पक्षबाट प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफ्नो दाबी छाडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्