३० साउन, म्याग्दी l म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ ।
वडाध्यक्ष थापालाई आज बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका बखत मोसो र माला लगाइएको हो । उनलाई मोसो लगाउने समूहको पहिचान नखुलेता पनि नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशङ्का गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिएका छन् ।
उनले भने, ‘वडा कार्यालय विप्लव समूह सम्बद्ध व्यक्तिहरूको संलग्नता हो कि भन्ने छ, मोसो लगाउने समूहको खोजी कार्य भइरहेको छ ।’ विप्लव समूहले वडाध्यक्ष थापालाई विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्