Logo

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि दीक्षित



Spread the love

३० साउन, काठमाडौँ । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको बिहीबार बिहान चार बजेतिर कालिकास्थानस्थितकाे घरमा उनको निधन भएको छ ।पारिवारिका अनुसार निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो ।

बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका काेखबाट वि.सं. १९७९ फागुन ६ गतेका दिन काठमाडौंकाे गैरीधारामा भएकाे थियाे । दीक्षित माधवी ग्रन्थका लागि २०३९ सालमा मदन पुरस्कारद्वारा सम्मानित भएका थिए । लामो समय पत्रकारिता गरेका दीक्षित उपन्यास, कथा लेखन आदिमा चर्चित रहे ।

आजै उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्