Logo

परराष्ट्रका कर्मचारीले भारत नेपाल सीमाबारेका कागजात लुकाएको नेता नेपालको आरोप



Spread the love

२९ साउन, काठमाडौँ l परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्ताबेजहरू लुकाएको आरोप नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले लगाएका छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको आज बसेको बैठकमा उपस्थित जनाउँदै नेता नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्ताबेजहरू लुकाउने काम भएको दाबी गरेका हुन् ।

नेता नेपालले कर्मचारीको नियत र मुलुकप्रतिको उत्तरदायित्वमाथि नै शङ्का प्रकट गरेका छन् l नेता नेपालले राष्ट्रसेवक कर्मचारीहरूले बाहिरी मुलुकको हितमा हुने गरी काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको बताउँदै शङ्कास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराए ।

कैलाली घटनाबारे सर्वत्र चर्चा भइरहँदा पनि सरकार र सम्बन्धित निकायबाट सम्बोधन नहुँदा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्ति नै शङ्का उत्पन्न भएको टिप्पणी नेता नेपालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्