Logo

नेपाल र भारतबीच आर्थिक साझेदारीको सम्बन्ध बलियो हुनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली



Spread the love

२९ साउन, काठमाडौँ l नेपाल र भारतबीचको सम्बन्ध अब आर्थिक क्षेत्रतर्फ केन्द्रित हुनुपर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

आज काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री ज्ञवालीले नेपालले अघि सारेको समृद्धि र विकासको लक्ष्य हासिल गर्न दुवै मुलुकबीच आर्थिक साझेदारीको सम्बन्ध बलियो हुनुपर्ने बताए ।

सार्थक आर्थिक साझेदारीले नै २ देशको भलाई हुने उनको भनाइ थियो । जलमार्गको विकासका लागि दुवै मुलुकले गृहकार्य गरिरहेकाले २०२० सम्ममा यससम्बन्धी धेरै कार्यहरू भइसक्ने दाबी मन्त्री ज्ञवालीले गरे l

उनले भारतसँगको वाणिज्य सन्धि पुनरावलोकन गर्ने कार्य पनि भइरहेको भन्दै भारतसँगको आर्थिक सम्बन्धलाई उचाइमा पुर्‍याउन सरकारले गृहकार्य थालिसकेको पनि बताए ।

नेपाली काँग्रेसका नेता डा. रामशरण महतले नेपालको आर्थिक क्षेत्रमा सुधारका निम्ति भारतको सहयोग महत्त्वपूर्ण रहेको बताए । नेपाल र भारतको सम्बन्ध बहुआयामिक रहेको बताउँदै आउने दिनमा सो सम्बन्धलाई अझ प्रगाढ राख्न भारत सरकार सचेत रहेको भारतीय राजदूत मन्जीवसिंह पुरीले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्