Logo

प्रधानमन्त्रीको समृद्धि सपनाः दमकमा मात्रै दर्जन परियोजना



Spread the love

२९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा करिब एक दर्जन ठुला विकास कार्यक्रम र परियोजना सञ्चालन हुँदै छन् । एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ । केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन् ।

ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ सालमा दमकमा ‘विश्वकै अग्लो बुद्धमूर्ति’ बनाउने भनी गरेको घोषणा कार्यान्वयनमा आउन लागेको छ । दमकको उत्तर सिरान हम्से–दुम्से सामुदायिक वन क्षेत्रमा ५४२ फिट अग्लो बुद्धमूर्ति निर्माण गरेर दमक र लुम्बिनीलाई बुद्ध–सर्किटसँग जोड्ने योजनामा नगरपालिका कार्यालयले डिपिआर तयार गरिसकेको छ ।

१५ अर्बभन्दा बढीको लगानीमा बुद्धमूर्त निर्माण गर्न लागिएको हो । यसका लागि १२ कट्ठा जमिन प्राप्त भइसकेको नगरपालिकाका प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए ।

यसै गरी ३ अर्बको भ्यु टावर, २ अर्बको सडक, २ अर्बको विज्ञान पार्क, १ अर्ब ३७ करोड पुल, २९ करोड सभागृह, १५ करोडको पशुपन्छी बजार र १ करोड २५ लाखको नमुना मार्गजस्ता कार्यक्रम दमकमै छन् ।
यो समाचार कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराई र अर्जुन राजवंशीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्