Logo

सीईओको उमेर हदमा सर्वोच्चको अन्तरिम आदेश



Spread the love

२९ साउन, काठमाडौँ । उमेरले ६५ वर्ष कटेका व्यक्ति बैङ्क तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाउने राष्ट्र बैङ्कको व्यवस्था विपरीत सर्वोच्च अदालतले आन्तरिक आदेश जारी भएको छ ।

उमेरहदका कारण पद छोड्नु परेका प्राइम बैङ्कका सीईओ नारायणदास मानन्धरको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले मङ्गलवार अन्तरिम आदेश जारी गरेको हो ।

अन्तरिम आदेश पनि मानन्धर मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म बैङ्कमा सीईओको रूपमा काम गर्न बाटो खुलेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिका व्यवस्था कार्यान्वयनका लागि भन्दै राष्ट्र बैङ्कले गत २० गते सीईओ र सञ्चालकको उमेर हद तोकेको थियो ।

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक र सीईओको उमेर हद तोकेको छ । नयाँ व्यवस्था अनुसार ६५ वर्ष कटेका व्यक्ति सीईओ बन्न पाउँदैनन्।

‘६५ वर्ष नाघेको व्यक्ति बैङ्क तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन पाउने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ६९ वर्षपछि प्रमुख कार्यकारीमा बहाल रहन सक्ने छैन ।’

यस्तै, ७० वर्ष भन्दा मुनिका व्यक्ति मात्र बैङ्क तथा वित्तीय संस्थामा सञ्चालक बन्न पाउने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ । ‘७० वर्ष नाघेको व्यक्ति बैङ्क तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन योग्य हुने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ७४ वर्ष नाघेको व्यक्ति सञ्चालकमा बहाल रहन सक्ने छैन ।’

यो व्यवस्था राष्ट्र बैङ्कले प्रस्तावित बाफियामा गरेको छ । बाफिया अहिले स्वीकृतिको क्रममा छ । त्यसअघि नै राष्ट्र बैङ्कले निर्देशन मार्फत यो व्यवस्था ल्याएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्