२८ साउन, काठमाडाैँ । भारतका विभिन्न सरकारी मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी मासिक निर्वाह भत्ता (स्टाइपेन्ड) नपाएर हैरान भएका छन् । प्रधानमन्त्री तहमा भारतले एक वर्षअघि नै सहमति जनाए पनि अहिलेसम्म नेपाली विद्यार्थी स्टाइपेन्ड पाएका छैनन् ।
चिकित्साशास्त्रअन्तर्गत एमडी÷एमएस, डीएम÷एमसीएच अध्ययन गर्ने विद्यार्थीलाई मासिक निर्वाह भत्ता (स्टाइपेन्ड) दिने विश्वव्यापी प्रचलन छ र नेपालमा पढ्ने भारतीय विद्यार्थीले पनि मासिक रूपमा त्यस्तो पत्ता पाइरहेका छन् ।
दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (उम्स), चन्डीगढको पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पीजीआईएमईआर) र पेन्डीचरीको जवाहरलाल इन्स्टिच्युट अफ पोस्ट ग्य्राजुएट मेडिकल एजुकेसन एन्ड रिसर्च (जेआईपीएमइआर) मा गरी १५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।