२८ साउन, काठमाडाैँ । तराई दू्रतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुङ्गो लाग्न ढिलाइ हुँदा तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने भएको छ । प्रस्थानबिन्दू, रेखाङ्कन र डीपीआर टुङ्गो लगाउन लामो समयदेखि गृहकार्य भइरहेको छ ।
सरकारले द्रूतमार्ग निर्माणको काम नेपाली सेनालाई जिम्मा दिएको छ । भारतीय कम्पनी आईएल एन्ड एफएससँग सम्झौता तोडेपछि सरकारले २०७४ साउन २७ मा दू्रतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो ।
सेनाले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएकोमा दुई वर्ष बितिसक्दा पनि विस्तृत परियोजना प्रतिवेदन अनुमोदन हुन सकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्