Logo

नेपालको कृषि राजाको पालामा भन्दा पनि बिग्रियो : मन्त्री खनाल



Spread the love

२७ साउन, काठमाडौँ । नेपालको कृषि उत्पादनको अवस्था अत्यन्तै बिग्रिएको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले बताएका छन् ।

राजधानीमा सुरु भएको एशियन कृषि सम्मेलन तथा पदर्शनीको सम्बोधन गर्दै मन्त्री खनालले दलका नेताहरूले नेतृत्व गरेपछि नेपालको कृषि क्षेत्रको अवस्था राजाको पालामा भन्दा पनि खत्तम भएको बताए ।

मन्त्री खनालले भने, ‘यसो भन्दा कसैलाई चित्त दुख्ला तर दलका नेताले नेतृत्व गरे पछि नेपालको कृषि राजाको पालाको भन्दा बिग्रेको छ, त्यसको कारण के हो ? यो सबैको दायित्व सरकारले लिनु पर्छ ।’

मन्त्री खनालले नेपालको कृषिले युवाहरूलाई आकर्षित गर्न नसकेको बताउँदै उनीहरूलाई कृषिमा आकर्षित गर्ने र राज्यप्रति जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

कृषि गर्नका लागी युवालाई अनुदान र सहुलियतको ऋण दिने व्यवस्थालाई थप कडाई गर्न पनि मन्त्री खनालले जानकारी दिए । मन्त्री खनालले भारतबाट नेपाल भित्रिने तरकारीको विषादी जाँच फिर्ता लिएको भन्ने कुरामा सत्यता नभएको बताउँदै प्रत्येक नाकामा सबै ट्रक जाँच गर्ने कुरा वैज्ञानिक नहुने पनि स्पष्ट पारे । नाकामा रहेका ल्याबले जम्मा २ वटा समूहको विषादी मात्रै जाँच्न सक्ने र तिनको क्षमता बढाउनु पर्ने पनि मन्त्री खनालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्