Logo

सिङ्गापुरबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै



Spread the love

२७ साउन, काठमाडौँ । सिङ्गापुर स्वास्थ्य परीक्षणका लागि गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओली दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।

साउन १८ मा सिङ्गापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएका थिए । गत शनिवार स्वदेश फर्किने प्रधानमन्त्री थप दुई दिन बसेर आज फर्किन लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायतको टोली सिङ्गापुर गएको छ ।

प्रतिक्रिया दिनुहोस्